arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० पुष २४ मंगलबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० पुस २४ गते मंगलबार, इस्वीसंवत जनवरी ९ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको त्रयोदशी तिथि रातिमा ८ः४० बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा रातिमा ८ः०१ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ५६ घटि ४१ पलासम्म त्यसपछि ध्रुव लाग्नेछ । करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २६ घटि ०५ पला अर्थात १० घण्टा २९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः४३ बजे र अस्ताउने समय भोलि दिनमा ३ः०३ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन र नेपाल ज्योतिष परिषद्को स्थापना दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला ।

वृष : आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

मिथुन : आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

कर्कट : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सिंह : आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नुपर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

कन्या : आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा मांगलिक कर्ममा सहभागी भइनेछ ।

तुला : आज समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको राम्रो हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्द व्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ ।

वृश्चिक : आज समय अत्यन्तै राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

धनु : आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । स्वास्थ्य सबल रहनेछ ।

मकर : आज समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला ।

कुम्भ : आज समय राम्रो छैन । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

मीन : आज समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
 

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः५५ बजेदेखि ८ः१४ बजेसम्म रोग बेला
बिहान ८ः१४ बजेदेखि ९ः३२ बजेसम्म उद्धेग बेला
बिहान ९ः३२ बजेदेखि १०ः५१ बजेसम्म चर बेला
बिहान १०ः५१ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
बिहान १२ः१० बजेदेखि १ः२८ बजेसम्म अमृत बेला
दिनमा १ः२८ बजेदेखि २ः५१ बजेसम्म काल बेला
दिनमा २ः५१ बजेदेखि ४ः०६ बजेसम्म शुभ बेला
दिनमा ४ः०६ बजेदेखि ५ः२४ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः२४ बजेदेखि ७ः०६ बजेसम्म उद्धेग बेला
साँझ ७ः०६ बजेदेखि ८ः४७ बजेसम्म चर बेला
राति ८ः४७ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
राति १०ः२९ बजेदेखि १२ः१० बजेसम्म अमृत बेला
राति १२ः१० बजेदेखि १ः५१ बजेसम्म काल बेला
राति १ः५१ बजेदेखि ३ः३२ बजेसम्म शुभ बेला
रातिमा ३ः३२ बजेदेखि ५ः१४ बजेसम्म रोग बेला
बिहानमा ५ः१४ बजेदेखि ६ः५५ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ