arrow

ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या [भिडियो]

विश्वभर प्रचारप्रसार गर्नुपर्छ: उपप्रधानमन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
jyotish-samaj.jpg

काठमाडौँ । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

मङ्गलवार काठमाडौँमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताए । 

उनले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यम मात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या हो । समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ । ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यम मात्र बनाउने देखिएको केही सङ्केत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ