arrow

अबैध हतियारसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
banduk.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घर भइ पोखरा महानगरपालिका वडा नं. ३ नीलगिरी टोल बस्ने बर्ष ६९ का यमबिर गर्बुजा पुन रहेका छन् ।

पुनको घरमा अवैध हतियार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मार्दा उक्त एक थान भरुवा बन्दुक बरामद भएको थियो ।

पुनलाई पक्राउ गरी जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ