arrow

भारतका यी हुन् यो वर्षका प्रतिक्षित चलचित्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
pushpa-the-rule.jpg

मुम्बई । अंग्रेजी नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतिक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतिक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भरपर्छ ।

तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरुको सूची निकाल्ने गरेको छ । 

आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ । 

सूचीमा ९ ओटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ ओटा तेलगु भाषाका । सूचीमा ४ ओटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक ओटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।

 सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।

 यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरु नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ ।

यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।

यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ