arrow

राजश्व फिर्ता लिन कांग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
surendra-kishordatta.jpg

पोखरा । नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व तत्काल घटाउन माग गरेको छ । जिल्ला सभापति किशोरदत्त बराल र महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

महानगरपालिका पोखरेली जनताको अविभावकीय संस्था भएकोले जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ ।

‘आर्थिक वर्ष ०८०/०८१ का लागि बढाईएको राजश्व वृद्धि जनताको हितमा नभएकाले राजश्व वृद्धिमा पुनःविचार गर्न आवश्यक देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस, कास्की र नेपाली कांग्रेस पोखरा महानगर समितिको तर्फबाट २०८० साउन २८ मा संयुक्त प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दासमेत पोखरा महानगरपालिकाले आजसम्म पनि आवश्यक निर्णय नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा महानगरपालिकाको आगामी कार्यपालिका बैठक तथा नगरसभामा यस सम्वन्धमा गम्भीर अध्ययन, छलफल र वहस गरी अनावश्यक रुपमा विभिन्न शीर्षकमा वृद्धि गरिएको राजश्स्व घटाएर जनताको पक्षमा निर्णय गर्न अनुरोध गरिएकोे छ ।

पार्टीको अनुरोधलाई वेवास्ता गरिएमा नेपाली कांग्रेस जनताको पक्षमा जस्तोसुकै दवावमूलक कार्यक्रम सञ्चालन गर्न तयार रहेको स्पष्ट पारिएको छ ।

पोखरामा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले पनि राजश्व घटाउन माग गर्दै मंगलबार बोलाइएको कार्यपालिका बैठक बहिष्कार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ