arrow

सहकारीबारे गृहमन्त्री श्रेष्ठले गरे चार निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
narayankaji-shrestha-2080-0.jpg

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्याहरु समाधान गर्ने हेतुले सम्बद्ध निकायहरुको बैठक गरेका छन् । 

आज गृह मन्त्रालयमा आयोजित बैठकमा गृह सचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव, सिआईवि एआईजीर एसएसपी, सहकारी विभागको रजिष्ट्रार, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरु, गृह मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव लगायतको उपस्थिति
रहेको थियो। 

बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । 

१, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिमको उपसमिति मार्फत् तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिने। 

२, बचत तथा कर्जा सुरक्षण कोष छिटो सन्चालन गर्न आवश्यक पहल लिने। 

३ सहकारी विभागले नियमित नियमन गर्ने र अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रतिवेदनहरु आवश्यक कारवाहीको लागि कारबाही गर्ने निकाय समक्ष अविलम्ब पठाउने गर्ने । 

४,  नियामक निकाय (एसटीआई) गठन आदेश मार्फत् गठन गरी कार्य प्रारम्भ गर्नुपर्ने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ