arrow

नौ सय करोड क्लबमा एनिमल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
animal-ranveer-kapoor.jpeg

मुम्बई । रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भैसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ । 

पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आए पनि रणवीर कपूरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । 

डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । 

यी ४० दिनको कमाईको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् । 

रणवीर कपूरको ‘एनिमल’ ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ । 

 ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि एनिमलले भारतमा तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको  ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ