arrow

बाह्र टिमबीच आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त

logo
हरि पन्त
प्रकाशित २०८० पुष २६ बिहिबार
aaha-rara-pokhara-goldcup-haripanta.jpg

पोखरा । तेइसौँ संस्करणको “आहा रारा पोखरा गोल्डकपमा सहारा क्लवसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जसमा दुई विदेशी टिम छन् । पारो फुटवल क्लव भुटान र दिल्ली फुटवल क्लव भारत यस पटक सहभागी हुने सहारा क्लवले जनाएको छ । क्लवका अनुसार पारो भुटानको लिग विजेता हो भने दिल्ली इण्डियन लिगको सातौँ स्थानमा रहेको क्लव हो ।

साथै प्रतियोगितामा नेपाल प्रहरी फुटवल क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मछिन्द्र क्लव, जावलाखेल युथ क्लव, राईजिङ्ग स्टार फुटवल क्लव नवलपुर, संकटा क्लव, चर्च ब्वाइज युनाइटेड फुटवल क्लव, थ्री स्टार क्लव, सहारा क्लव पोखरा, मनाङ मर्स्यायाङ्दी क्लव, जाउलाखेल युथ क्लव र संकटा क्लव सहभागी हने आयोजक सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । गत वर्षको आहारारा गोल्डकप संकटा क्लवले विजतेको थियो ।

प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी तीव्ररुपमा अघि बढेको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च गर्ने सहाराको लक्ष्य छ । बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटवल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आवासीयरुपमा आवद्ध छन् ।

पोखरालाई स्पोर्ट्स हव सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उद्देश्य रहेको महासचिव अधिकारीले बताए ।

प्रतियोगिता नवप्रतिभावान फुटबल खेलाडीलाई अन्तर्निहीत खेल कौशल प्रदर्शन गर्ने उचित अवसर भएको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ