arrow

अयोध्या राम मन्दिर प्राण प्रतिष्ठा

रामोत्सवका कारण उत्तर प्रदेशमा दिपावलीजस्तै माहोल, कम्तीमा ७८ उत्पादन बजारमा

जनवरी २२ मा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा उत्तर प्रदेशमा ६५ सय भन्दा बढी बिहे हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
ayodhya-ram-mandir-2024.jpg
तस्बिर – सांकेतिक, सामाजिक संजाल ।

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा माहोल दिपावलीको जस्तो बनिरहेको छ । 

राम मन्दिरमा पठाउनका लागि २२ हजार सवारी बुकिङ भएको जनाइएको छ । सुन, चाँदीको राम दरबार, सिक्का, राम मन्दिरको आकृतिजस्तै औँठीसहित ७८ भन्दा बढी उत्पादन भारतीय बजारमा देखिएका छन् । 

राम दरबारको लागि लत्ताकपडा उत्तरप्रदेशबाट पुगिरहेको छ । आगामी जनवरी २२ तारिखमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा उत्तर प्रदेशमा ६५ सय भन्दा बढी बिहे हुनेछन् । 

अहिलेसम्म दुई माटोको दीयो बिक्री भइसकेको जनाइएको छ । २२ जनवरीका लागि उत्तर प्रदेशका सबै जिल्लामा मात्र नभइ अन्य छिमेकी जिल्लाहरुमासमेत दीयोको माग भइरहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

होटल–रेस्टुरेन्ट तथा मिठाइ संघका अनुसार डेढ लाख भन्दा बढी किलो लड्डुको अग्रिम बुकिङ भइसकेको छ । 

फूलका लागि पनि अग्रिम बुकिङ भइसकेको छ । १६ तारिखदेखि नै राम मन्दिरमा पूजा हुन थालेको भए पनि १८ देखि २२ तारिखको बीचमा फूलको अग्रिम बुकिङ तीन गुणाले बढेको छ । 

फ्लेक्सको कारोबारसमेत बढेको छ । बधाइ दिनका लागि लखनउ, कानपुर, वाराणसी, प्रयागराज, मरेठ, आगरा, गाजियाबाद, नोएडा एवं गोरखपुरबाट ८० लाख वर्गफिटको बुकिङ भइसकेको बताइएको छ । 

उत्तर प्रदेशमा मात्रै साढे ३ करोड वर्गफिटको फ्लेक्स होर्डिङ बिक्री हुने अनुमान गरिएको छ । राम मन्दिरसँग जोडिएको सुन–चाँदी कम्तीमा ४ अर्ब भारुको कारोबार हुने अनुमान गरिएको छ ।  

राम मन्दिरको प्राण प्रतिष्ठाको पूजा नेपाली ब्राह्मणले गराउँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ