arrow

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने

logo
विवेक मिश्र, 
प्रकाशित २०८० पुष २७ शुक्रबार
gangamaya-limbu-digbahadur.jpg

मोरङ । युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी पत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । 

लामो समयदेखि कलेजेको क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । 

शुक्रबार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने नेपाली कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । 

मन्त्री लिम्बू भने काठमाडौँमै रहेका थिए । उनी केही बरेपछि मात्रै घर आउँदैछन् । 

लिम्बूका १ छोरी र १ छोरा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ