बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने
विवेक मिश्र,
प्रकाशित २०८० पुष २७ शुक्रबार
2.4k
Shares
मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी पत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
लामो समयदेखि कलेजेको क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो ।
शुक्रबार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने नेपाली कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।
मन्त्री लिम्बू भने काठमाडौँमै रहेका थिए । उनी केही बरेपछि मात्रै घर आउँदैछन् ।