arrow

अफगानिस्तानमा गयो ६.४ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ ।  उत्तरी अफगानिस्तानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । 

उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ । 

भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो । 

अफगानिस्तानको राजधानी काबुलमा स्थानीय बासिन्दाहरू भूकम्पको धक्का महसुस गरेपछि आफ्नो घर र अपार्टमेन्ट छोडेर भागेका थिए । 

भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ