arrow

यी निर्देशकसँग काम गर्न लालायित छन् शाहरुख

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
saharukh.jpeg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ मा बक्स अफिसमा बलियो कमब्याक गरेका छन् । 

शाहरुखका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ बक्स अफिसमा हिट भएका छन् । 

जसका कारण किंग खानलाई हालै ‘इन्डियन अफ द इयर’ अवार्ड दिइएको छ ।

यो अवार्ड पाएपछि किङ खानले भाषण दिएका थिए ।

अवार्ड पाएपछि उनले चर्चित निर्देशक मणिरत्नमलाई आफ्नो अर्को फिल्ममा कास्ट गर्न भनेका छन् ।

उनले भने, ‘ म तपाईँसँग बिन्ती गर्छु, भिख माग्छु,  मसँग फिल्म गर्नुस् । यस पटक म तपाईँका लागि रेलमा होइन विमानमा 'छईयां-छईयां' गर्न तयार छु ।' 

शाहरुख खानको भनाइको जवाफ दिँदै मणिरत्नमले विमान किनेपछि मात्रै उनलाई कास्ट गर्ने बताएका छन् ।

यसपछि किंग खानले हास्यास्पद शैलीमा केही भने । उनले भनेका छन्, 'मेरो फिल्मको प्रगति अनुसार मेरो आफ्नै विमान किन्ने दिन टाढा छैन ।'

मणिरत्नमले दिल सेमा शाहरुलाई मुख्य भूमिका दिएका थिए ।उनले रोज़ा,  बम्बे,  इरुवर, साथिया, युवा,  'पोन्नियन सेल्भान'  जस्ता चलचित्र निर्देशन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ