arrow

राजनराजको गीतले रच्यो इतिहास, नाघ्यो २० करोड भ्युज 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
rajanraj-shiwakoti.jpg

काठमाडौँ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीको गीत “कुटुमा कुटु”ले इतिहास रचेको छ । शनिबार “कुटुमा कुटु”ले २० करोड भ्युज नाघेको छ । नेपालमै सबैभन्दा धेरै हेरिएको गीतमा उनको कुटुमा कुटु” पर्छ ।

कुटुमा कुटुले शनिबार २० करोड भ्युज पाएपछि खुशी मनाउँदै उनले आफ्नो कुरा शेयर गरेका छन् । 

उनले लेखेका छन्, “सन् २००८ जनवरी पहिलो, मध्य रात ठिक १२ बजे केही नयाँ सिर्जना गर्छु भन्ने अठोटको साथ शुरु गरेको यो गीत सन् २०१६ मा आसिफ शाह जी र असिम शाह जीसँग कुराकानी पश्चात् चलचित्र २ रुपैयाँमा राख्ने सहमति भएको अझै १५ दिन पछि मात्र पूरा भएको हो तर कन्सेप्ट भने चरिकोट माथि देउरालीको चौतारीमा बसेर शुरु भएको र मेरो घर डाँडावारि माथि मौवाको फेदमा पत्कर स्याउला ओछ्याएर प्रकृतिको काखमा बसेर बाँकी फिनिसिङ भएको हो। सुर्के थैली गीतले पहिलो पटक नेपाली गीत सङ्गीतमा १ करोड भ्युज प्राप्त गर्ने पहिलो गीत बनेको उपलक्ष्यमा कान्तिपुर साप्ताहिकले कृष्ण भट्टराई दाइको विशेष पहलमा सिद्धार्थ कटेज तीनकुनेमा केक काटेर सेलिब्रेशन गरिदिएको थियो। मलाई भने यो खुसीयाली सँगै अब अर्को सुन्दर सिर्जना के हुन सक्ला भन्ने छटपटी भइरहन्थ्यो।यसै क्रममा पूर्व पश्चिम रेल, टाकान टुकुन, चरी चट्ट परी, चेप्टे चेप्टे, सी व डब्लु काउ, चिरबिर चाँचरी ठेकीमा दही, उम्लियो भने पोखिन्छ, तिरिमिरी तिन तारा, गुलेलीले, कुकुर लाम्काने लगायतका गीतहरू पनि बनाउँदै थिएँ।गोजीमा दाम छैन, चरीले काफल टिप्यो, एमजी रोडैमा, मायालु तिमी कता छौ, कम्पनी माला, चुलो चंको, सुनसान रातमा, ल्यासे पाउ, फूलकुमारी लगायत चैँ कुटुकुटु पछिका हुन भने फूल बुट्टे सारी, वार्ता गराइदिऊ, अलिकति पीडा हुँदा नि, नेपालकी छोरी हुँ म, प्रिय तिम्रो सिउँदोमा, मान्छे रैछे खली, जिन्दगी यो फूल फुलको थुङ्गो हुँदैन, म माया गर्छु मेरी उनिलाई लगायतका गीतहरू चैँ पहिले ६० को दशकमा नै एल्बमको रूपमा आएका थिए। बीचमा फेरी मेरो मीत ज्यू राजन ईशान मार्फत २ र रुपैंया चलचित्र टिम सँग मेरो सहकार्य हुने क्रममा यो गीत तयार भयो।यो गीतमा एउटा लाइन “बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो”लेख्दै गर्दा मेरो हात कामेको थियो।तर अरू लाइन सँगै यो लाइन सर्वाधिक पपुलर बन्यो।यसले मलाई यो पाठ सिकायोकी गीतमा जति सरल र मिठास पूर्ण शब्द प्रयोग गरिन्छ, त्यति नै जनजिब्रोमा झुन्डिन सजिलो हुन्छ। एउटा करिब ५ मिनेटको गीतमा अन्न, फलफूल, वनस्पति, धातु, किरा फट्याङ्ग्रा, मानिस, चराचुरुङ्गी, जनावर, धर्म, विज्ञान, देश, विदेश लगायत धूम्रपान मद्यपान गर्नु हुँदैन भन्ने सामाजिक सन्देश सहितको यो गीत कतिखेर लेखिसकेँ पत्तै भएन।यो सबै माता सरस्वतीको आशीर्वाद हो! फेरी पनि यस्तै सुन्दर सिर्जना बनाउने प्रयत्न गर्नेछु भन्दै अन्तमा मेरो पुर्खाहरू, हजुरबुबा, हजुरआमा, घर परिवार, आमा, बुवा, साथीभाइ, आफन्त छर छिमेक, इष्टमित्र, मेरो मित ज्यु राजन इसान, अभिनेता एवं सञ्चारकर्मी आसिफ जी, निर्देशक असिम जी, अभिनेता अभिनेत्री निश्चल जी एवं स्वस्तिमा जी बुद्धि जी लगायत सम्पूर्ण २ रुपैयाँ टिम, स्टुडियो प्रिज्म, एरेन्जर राजन ईशान ज्यु, गायिका मेलिना राई बहिनी, श्याम स्वेत जी, बाद्ध वादक साथीहरू, कविराज गहतराज जी, मेरो प्रिय दर्शक श्रोता अनि सञ्चारकर्मी साथीहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु। यहाँ तल मेरो डायरीमा जीवित यो गीतको सुरुवाती दिनको डेट सहितको पहिलो ड्राफ्ट जस्ताको तस्तै फोटो खिचेर सेयर गर्दै छु।निरन्तर ७ वर्ष सम्म होमवर्क गर्दै जाने क्रममा अहिले तपाईँले सुनिरहनु भएको गीत तयार भएको हो।अब यो गीत तपाईँ दर्शक श्रोताको अमूल्य सम्पत्तिको रूपमा स्थापित भएको छ!सबैलाई बधाई छ।”

 शिवाकोटीले सुर्के थैली, कुटुमा कुटु र फुल बुट्टे साडी जस्ता इतिहास रच्ने गीत नेपाली समाजलाई दिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ