arrow

महेशबाबुको ‘गुंटुर करम’ दुई दिनमै सय करोड क्लबमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
maheshbabu-gunturkaram.jpg

मुम्बई । दुई वर्षपछि पर्दामा फर्किएका साउथ सुपरस्टार महेशबाबुको चमक अझै कायम छ । उनको बहुप्रतिक्षित फिल्म ‘गुंटुर कारम’ १२ जनवरीदेखि सिनेमा हलमा धुम मच्चाइरहेको छ । 
 
यो फिल्मलाई लिएर निकै क्रेज रहेको छ ।  ‘गुंटुर करम’ बाट महेशबाबुको बलियो कमब्याक पहिले नै अपेक्षा गरिएको थियो। बम्पर अग्रिम बुकिङबाट नै फिल्मले राम्रो कमाइ गर्ने प्रष्ट भएको थियो ।

 भारतीय सञ्चारमाध्यमका अनुसार महेशको  ‘गुंटुर करम’ ले पहिलो दिन करिब ४१.३ करोडको शानदार व्यापार गरेको छ । जहाँ विश्वभर यो संख्या ८० करोड नाघेको छ । फिल्म धेरै भाषामा रिलिज भएको थियो । यो एक्सन थ्रिलर फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको कमाई पनि निकै राम्रो मानिएको छ । यो फिल्मले कमाईका हिसाबले पनि धेरै रेकर्ड बनाएको छ ।

पहिलो दिन जस्तै दोस्रो दिन पनि ‘गुन्टुर करम’ हेर्नको लागि भीड लागेको छ । चलचित्रले हलमा हलचल मचाइरहेको छ । दोस्रो दिनको कलेक्सन रिपोर्ट अनुसार फिल्मले दोस्रो दिन १३ करोड कमाएको छ । भारतमा दुई दिनमा संकलन ५४ करोड पुगेको छ । जहाँ विश्वभर यो संख्या १०० करोड नाघेको छ ।

उद्घाटन दिनमा ‘गुन्टुर करम’ को जादू देखियो । दोस्रो दिन पनि चलचित्रले तिब्र गतिमा काम गरिरहेको छ । पहिलो दिन करिब ५० करोडको व्यापार गरेको यो फिल्मले बलिउड सुपरस्टार सनी देओलको फिल्म  ‘गदर २’ लाई पनि पछि पारेको छ । ‘गदर २’ ले पहिलो दिन करिब ४० करोड कमाएको थियो । महेश बाबुको फिल्म ‘गुंटुर करम’ ले आगामी दिनमा धेरै कमाईको कीर्तिमान बनाउन सक्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ