arrow

टाइगर कप भलिबल सोमबारदेखि, तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
tiger-cup-pressmeet-pokhara-haripanta.jpg

पोखरा । पोखरामा भोलिदेखि चौथो टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता महिला तथा पुरुष दुवै इभेन्टमा हुनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लव भिड्ने भएका छन् । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव सहभागी गराइएको छ । अन्य केही टिममा पनि विदेशी खेलाडीहरु समावेश छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको दुवै इभेन्टमा विजेताले रु ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

साथै दुवै इभेन्टमा प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ । खेल तालिका अनुसार हरेक दिन दुवै इभेन्टका २-२ खेल गरी चार खेल हुनेछ ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको माघ १ देखि ३ गतेसम्म चार खेल हुनेछन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने अध्यक्ष शर्माको अपेक्षा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ