arrow

रारामा सुटिङ भएको पहिलो देउडा गीत 'सम्झ्या मात्रै नरोया' सार्वजनिक [भिडियोसहित]

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० माघ २ मंगलबार
deuda-rara1.jpg

मुगु । नेपालकै ठुलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलो चोटि देउडा गीत सुटिङ गरिएको छ । 

पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किँदै आएका गायक, गीतकार , सङ्गीतकार ,साहित्यकार तथा बहु प्रतिभाका धनी हिकमत शाही क्षितिजको शब्द/ सङ्गीत रहेको 'सम्झ्या मात्रै नरोया' भन्ने देउडा गीत सार्वजनिक गरिएको हो । 

देउडा गीतमा अहिले कि चर्चित गायिका पूजा देवकोटा र नबोदिद गायक धिरज सिंहको सुमधुर स्वर रहेको छ ।

स्वर्गकी अप्सरा रारा तालमा छायाङ्कन भएको यो गीतमा अभिनय तर्फ हिकमत शाही क्षितिज ,सैलेश हमाल,सृजना गिरिको रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिकमत शाहीले गरेका छन् ।

रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान,सत्कार साथै माझी दाइको जिन्दगी को कथा यस गीतको भिडियो कथा देख्न सकिन्छ ।

हिकमत शाहीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो देउडा गीतमा कर्णाली र सुदूर पश्चिममा गाइने टिपिकल देउडा गीत रहेका छन् भने गीतका शब्दहरू पनि खस भाषामा चलन चल्तीका छन् ।

मनोरञ्जन मात्र नभएर रारा को पर्यटन, विकास,प्रवर्द्धन ,प्रचारप्रसारमा समेत टेवा पुगोस् भनेर रारा कै सेरोफेरोमा सम्झ्या मात्त नरोया भन्ने देउडा गीत धेरै दुख कष्ट गरेर सुटिङ गरिएको हिकमत शाहीले बताए । 

गीतको सुटिङमा दुई दर्जन जनाले देउडा खेलेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ