arrow

माछापुच्छ्रे बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंकको शेयर किन्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन दिन सकिने छ । बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्री गर्न खोजेका हुन् । 

बैंकले यसमा प्रतिकित्ता शेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्तालेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

शेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौँमा के कति शेयर खरिद गर्ने सो को बेहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ