arrow

रणवीरको ‘रामायण’ मा यी अभिनेत्रीको 'इन्ट्री', बबी देवललाई 'अफर'

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
Bobby-Deol-Net-Worth.jpeg

काठमाडौँ । निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’ लाई लिएर बलिउडमा यतिबेला चर्चा छ । 

 ‘रामायण’ मा फिल्मस्टार रणवीर कपुर र साई पल्लवीको अभिनयको चर्चा छ । 

यो चलचित्रमा अब थप दुई शक्तिशाली स्टारको प्रवेश गरेको बताइएको छ ।

अब यो चलचित्रमा अभिनेत्री लारा दत्त र बबी देवलको नाम पनि थपिएको खबर मनोरञ्जन जगतमा छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार लारा दत्तले निर्देशक नितिश तिवारीको फिल्म रामायणमा राजकुमारी कैकेयीको भूमिका निभाउनेछिन् । 

यति मात्र होइन, नायिका पनि यो भूमिकाका लागि राजी भएकी छिन् र फिल्ममा उनको प्रवेश लगभग फाइनल भइसकेको छ । 

बबी देवललाई पनि निर्माताहरुले अप्रोच गरेका छन् । प्राप्त जानकारी अनुसार बबी देवललाई फिल्ममा कुम्भकर्णको भूमिका अफर गरिएको छ ।

 तर, फिल्म स्टारले भने अहिलेसम्म ग्रिन सिग्नल दिएका छैनन् । यस्तो अवस्थामा उनी यस फिल्मको हिस्सा बन्ने कि नहुने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ