arrow

नीर शाहको व्यङ्ग्य- आयातित सामग्रीले प्रश्रय पाउने गरी खोलिएका पसलमा नेपाली सामान बिक्दैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
nirsahah-new.jpg

काठमाडौँ ।  अग्रज कलाकारनीर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रूपमा विकास हुन नसकेको बताएको छ । 

मङ्गलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए ।

 उनले चलचित्र कर्मलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठुलो चुनौती रहेको बताए । उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए ।

उनले भने, ‘हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुन सक्यो की सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुन सक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहिँ छ । चलचित्र कर्मलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठुलो चुनौती हो । नेपाली सिनेमा देखाउने चलचित्र घरहरू नै छैनन्, जुन देशमा, त्यो देशमा नेपाली चलचित्रको विकास कसरी हुन्छ ? आयातित सामग्रीले प्रश्रय पाउने गरी खोलिएका पसलहरूमा आफ्नो सामान राखेर हामी माथि पुग्छौँ ?’

अग्रज कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउने गरी खोलिएका चलचित्र घरहरूमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ