arrow

केपीको राजधानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा २० जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
Gas-Cylinder-blast.jpg

काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । 

केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिन्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ । 

विस्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान शुरु गरेको बताएको छ । 

घटना लगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । 

स्थानीय सञ्चारमाध्यमकारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ