arrow

पाकिस्तान र इरानको विवाद चीनले मिलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
china-flag-ani.jpg

काठमाडौँ  पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । 

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।”

 उनले भने, “यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौं ।

आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो ।

तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् ।

इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ