arrow

एनिमल अब ओटीटीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
animal-ranveer-kapoor.jpeg
तस्बिर – फाइल ।

मुम्बई । बलिउडका दिग्गज अभिनेता रणवीर कपूरको सुपरहिट फिल्म एनिमल टीभी र मोबाइलमा हेर्न पाइने भएको छ । फिल्मका निर्देशक सन्दीप वांगा रेड्डीले फिल्म जनवरी २६ मा नेटफ्लिक्समा रिलिज हुने बताएका छन् । 

सन् २०२३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । यस फिल्ममा अभिनेता बबी देओलले सानो तर जबरदस्त भूमिका निभाएका छन्, जसको मानिसहरुले निकै प्रशंसा गरेका छन् ।

यसका साथसाथै अब थिएटरमा यो फिल्म मिस गरेकाहरूले अब यसलाई घरमै ओटीटी प्लेटफर्म नेट फ्लेक्समा हेर्न सक्षम हुनेछन् । यस फिल्ममा रणवीर कपूरको अभिनय र उनको लुकको निकै तारिफ भएको छ । फिल्ममा रणवीरले अहिलेसम्मकै अनौठो भूमिका निभाएका छन । 

यसै क्रममा रश्मिका मन्डन्ना पहिलो पटक रणवीरसँग स्क्रिन शेयर गर्दै थिइन् । चलचित्रको कथाको कुरा गर्दा यो चलचित्रमा बाबु छोराको कथा देखाइएको छ । फिल्ममा अनिल कपूर रणवीर कपूरका बुबाको भूमिकामा देखिएका छन् । जहाँ रश्मिका मन्डन्ना उनकी पत्नीको भूमिकामा छिन् ।

यो फिल्म १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । पहिलो दिन एनिमलले ६१ करोड रुपैयाँ संकलन गरेको छ । 

फिल्मको कुल कलेक्शनको कुरा गर्ने हो भने ३२ दिनमा विश्वभर ८९१ करोड कमाउन सफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ