arrow

प्रधानमन्त्री कपमा कर्णालीमाथि मधेसको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
pmcup-cricket-madhes.jpg

काठमाडौँ । मधेस प्रदेशले जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार टीयू मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

मधेस प्रदेशले दिएको २३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

जारी प्रतियोगितामा मधेस प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

 अब मधेस प्रदेशले सोमबार टीयू मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मूलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ