arrow

नेताविरुद्ध लाग्नेमाथि एमालेको खेलकुद महासंघ जाइलाग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
uml-nepal-khelkud-mahasangh.jpg

काठमाडौँ । एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताविरुद्ध चलाइएको अफवाह चिर्न विशेष टीम बनाएको छ । शुक्रबार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय विशेष समिति गठन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले विशेष प्रशिक्षण दिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वविरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गरेका थिए । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भने, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’

बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ विशेष ध्यानाकर्षण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ