arrow

कोदालो र खुर्पाले हानेर नौ महिने गर्भवती श्रीमतीको हत्या

logo
सञ्जय भट्टराई,  
प्रकाशित २०८० माघ ७ आइतबार
killed-2080-10-06.jpg

कावासोती । नवलपुरको हुप्सेकोटमा श्रीमानले कोदालो र खुर्पाले हानेर श्रीमतीको हत्या गरेका छ्न् ।

हुप्सेकोट ६ बिरुखर्कका शेरबहादुर लम्का मगरले ९ महिनाकी गर्भवती श्रीमती चनिसरा लम्का मगरलाई सँगसँगै सुतिरहेको अवस्थामा कोदालो र खुर्पाले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हत्या आरोपी श्रीमानलाई प्रहरीले कोदालो र खुर्पासहित नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ