arrow

निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
pakistan-set-to-face-burden-of-pkr-7-3-trillion.jpg

काठमाडौँ । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का अध्यक्ष शहबाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताएका छन्। 

पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका सरिफले अहिले चुनावमा ढिलाई गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताएका छन् । 

उनले पीएमएल-एनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने बताए ।

उनले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गरे । 

शहबाजले भने, “यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन । 

गत हप्ता पीएमएल-एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आम निर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजका अनुसार पीएमएल-एनले पार्टीका वरिष्ठ नेता नवाज सरिफ, मरियम नवाज र हम्जा शहबाजको नेतृत्वमा आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ ।

सरिफले पूर्व प्रधान न्यायाधीश साकिब निसारलाई ‘प्यादा’ को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उनको प्रयोग गरिएको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ