arrow

शाहरुख र रोहितबीच दरार !

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
Rohit-Sharukh.jpg.jpeg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानसँग 'चेन्नई एक्सप्रेस' र 'दिलवाले' जस्ता क्लासिक हिट फिल्म दिएपछि फिल्म निर्माता रोहित शेट्टीबीच नयाँ फिल्म बनेको छैन । 

फ्यानहरू पनि रोहितको फिल्ममा शाहरुखलाई हेर्ने प्रतीक्षामा छन् । 

तर दुवैबीच दरारको खबर पनि बाहिरिए । रोहित र शाहरुखको फिल्म ‘दिलवाले’ रिलिजको समयमा यी दुईबीच कुनै न कुनै विषयमा मतभिन्नता भएको चर्चा चलेको थियो ।

यो चलचित्रले पनि हलमा खासै राम्रो प्रदर्शन गर्न सकेन । जसका कारण रोहित शेट्टी र शाहरुख खानबीच कथित दरार आएको थियो । 

जसका कारण दुवैले फेरि सँगै काम नगरेको बताइएको छ । 

हालै रोहित ले यी समाचारमा प्रतिक्रिया दिएका छन् । रोहित शेट्टीले यस्तो नभएको बताएका छन् । 

यसबारे कुरा गर्दै शेट्टीले थपे, ‘यदि तपाई राम्रो कथा बनाउन चाहनुहुन्छ भने त्यो चेन्नई एक्सप्रेसभन्दा ठुलो हुनुपर्छ । यस्तो विषय आए म अवश्य शाहरुखसँग काम गर्नेछु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ