arrow

पुलिसले सशस्त्रलाई हरायो, बागमती र मधेस पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
pmcup-police-apf-2080-10-08.jpg

भैरहवा । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ । ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो । 

पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे । 

बलिङतर्फ सशस्त्रका भुवन कार्कीले तीन विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २र२ विकेट लिए । १ सय ४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सशस्त्रका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए । सशस्त्रका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए ।  

बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेनसहित ८ रन मात्र जोडे । राजवंशीले ५ विकेट लिदा पुलिसका अर्का बलर रशिद खानले २ विकेट लिए । 

सोमबारको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश पनि विजयी भएका छन् । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो । कर्णालीले पहिले ब्याटिङ गर्दै २४.२ ओभरमा अलआउट हुँदै ७८ रन बनायो । रिजन ढकालले ५ विकेट लिए ।

जवाफमा बागमतीले १३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । इशान पाण्डेले ४० रन बनाए । 

त्यस्तै मधेसले सुदूरपश्चिमलाई ८० रनले हरायो । पहिले ब्याटिङ गरेको मधेसले ९ विकेटको क्षतिमा ३१९ रन बनायो । मायान यादवले ११५ रन बनाए । 

जवाफमा सुदूर २३९ रनमा अलआउट भयो । 

योसँगै पुलिस, बागमती र मधेसको समान ८ अंक छ । पुलिसले ४ खेलबाट तथा बागमती र मधेसले ६ खेलबाट उक्त अंक जोडेका हुन् । 

सुदूरपश्चिमको ६ तथा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ तथा कर्णाली प्रदेशको समान ४ अंक छ । 

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको समान २ अंक हुँदा कोशी प्रदेश अंकविहीन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ