arrow

माछापुच्छ्रे बैङ्कद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
mbl-bagmati-karnali-csr.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ।

बैङ्कले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा नपा वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नपा वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। त्यसैसरि बैङ्कले बाग्मती प्रदेशको कामनपा वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभा हलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ। 

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो। 

२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक-कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले समस्या भोगिरहनु परेको छ।

विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए। सम्झौता बमोजिम बैङ्कले श्री त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ।

यसै गरी काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभा हलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभा हल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैङ्कले उक्त स्कुलमा सभा हलको निर्माण गर्नै निर्णय गरेको हो।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ