arrow

चिनियाँ बीआरआई ऋण जाल भएको भन्दै वीरगन्जमा प्रदर्शन  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
china-bri-project-birjunt-protest.jpg

वीरगन्ज। चीनको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ। चिनिया महत्त्वाकाङ्क्षी रूपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकको लागी ऋण जाल भएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको हो। राष्ट्रिय एकता अभियान, वीरगन्जले चिनियाँ ऋण जाल विरुद्ध सचेतना र्‍याली निकाल्दै  प्रदर्शन गरेको छ।

अभियानका राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवाहकको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर नेपाल–चिन बिच भएको बीआरआई सम्झौता खारेज गर,चिनियाँ हस्तक्षेप बन्द गर लगाएका चिन विरोधी नारा लगाइएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै  मुख्य माग सहित निकालिएको र्‍याली वीरगन्जको माई स्थान मन्दिर अगाडिबाट सुरु भई नगर परिक्रमा गरी घण्टाघरमा पुगेपछि कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रूपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिन्ता खतरामा परेको आरोप लगाएका थिए। संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चीनको सक्रियता र सहयोग दुवै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताए।

उनले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागी ठुलो ऋण जाल साबित हुने ठोकुवा गरे। संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक खाटापुर्तिको बहानामा चिनिया सेना पोखरामा ल्याउने ठुलो खेलाइरहेको आरोप समेत लगाएका थिए। नेपालको सार्वभौमसत्ता माथि बढ्दै गएको खतराबाट समयमै  सचेत हुन सबै नेतालाई आफूहरूले पटक पटक अनुरोध र आहवान गर्दै आएपछि घैँटोमा घाम नलाग्नु दुखको कुरा भएको संयोजक यादवको भनाइ थियो।

यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँग गरेको बीआरआई सम्झौता अविलम्ब खारेजीको माग गरेका थिए। कार्यक्रमका अरू वक्ताहरूले राष्ट्रिय स्वाधीनताको महत्त्व, मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋण जाल भएको कुरामा जोड दिएका थिए।

वक्ताहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगिन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए। कार्यक्रमका अध्यक्ष विद्यार्थी नेता कुशवाहाले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै तराईमा बढ्दै गएको चिनियाँ सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्री लगायत सबै नेताहरूलाई आहवान गरेका थिए।



नयाँ