arrow

भीषण आगलागीमा ३९ जनाको मृत्यु, आठको अवस्था गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
fire-final.jpeg

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा भीषण आगलागी भएको छ । 

आगलागीमा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

 बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइसकिएको थियो । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।

छ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो । 

बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ