arrow

भारतविरुद्धको पहिलो टेष्टमा इङ्गल्याण्ड पहिलो दिनमै अलआउट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
test-ind-eng-2024-01-25.jpg

काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको पहिलो टेष्ट क्रिकेट हैदराबादमा शुरु भएको छ । बिहीबारदेखि शुरु भएको खेलको पहिलो दिनमै इङ्गल्याण्ड अलआउट भएको छ । 

इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ६४.३ ओभरमात्र क्रिजमा टिकेर २४६ रन बनाएको छ । कप्तान बेन स्टोक्सले सर्वाधिक ७० रन बनाए । 

त्यसबाहेकको उच्च स्कोरका रुपमा जोनि बेयरस्ट्रले ३७ रन जोडे । निकै लयमा बलिङ गरेको भारतले मात्र ३ रन अतिरिक्तका रुपमा दिएको थियो । 

भारतका लागि रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३–३ विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद सिराज भने विकेटविहीन भए । 

तीन विकेटसँगै जडेजाले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५० विकेट पूरा गरेका छन् । उनी यो उचाइ छुने सातौँ भारतीय बलर हुन् । 

यसअघि अनिल कुम्बलेले ९५३, रविचन्द्रन आश्विनले ७२०, हर्भजन सिंहले ७०७, कपिल देवले ६८७, जहिर खानले ५९७ तथा जवागल श्रीनाथले ५५१ विकेट लिएका छन् । 

भारत भ्रमणका क्रममा इङ्गल्याण्डले पाँच खेलको टेष्ट श्रृंखला खेल्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ