arrow

सुन तस्करीमा पक्राउ परेका महरापुत्र राहुललाई थुनामै राख्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
rahul-mahara-.jpg

काठमाडौँ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा राख्ने अदालतले आदेश दिएको छ । 

 उच्च अदालत पाटनले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको हो । 

न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतकै आदेश सदर गरेको हो । 

सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका राहुल अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । 

उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले निजलाई पक्राउ गरेको थियो । 

महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो । 

जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो । 

निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ