arrow

रिम्पोछेहरुसँगै लुम्बिनीमा हलिउड अभिनेता जेट्ली

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
jet-li.jpg

काठमाडौँ । हलिउड स्टार जेट्ली बुद्धको जन्मभूमि लुम्बिनीमा रहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि शुरु भएको प्राणीधान मोन्लाम पूजामा सहभागी हुन उनी नेपाल आएका हुन् । 

धार्मिक गतिविधि प्रवर्द्धन गर्दै बौद्धमार्गीलाई आमन्त्रण गर्ने गरी महायानाअन्तर्गत महागुरुको स्मृतिमा विश्व शान्तिको कामना गर्दै बिहीबारदेखि लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि पाँच दिने मोन्लाम पूजा शुरु भएको छ । 

चिनियाँ चर्चित चलचित्रकर्मीसमेत रहेका जेट्ली मोन्लाम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान् बुद्धका उपदेशहरू पाठ गर्दै बोधिसत्त्व र विश्व शान्तिको कामना गरी गरिएको पूजाको महायान परम्परामा निकै ठुलो महत्त्व छ । 

मोन्लाम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले शुभारम्भ गरेका छन् । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा शुरु भएको मोन्लाम पूजामा उपाध्यक्ष डा लामासहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रोपिन्छे, टुङ्गो कर्मा साङम्बो रोपिन्छे र खान्डो छिरिङमा रोपिन्छे सहभागी रहेका छन् । 

रिम्पोछेहरुसँगै रहेर जेट्लीले पूजा गर्नेछन् । उनी बौद्धधर्मी हुन् भने मार्सल आर्टबाट संसारको मन जितेका छन् । आन्तरिक शक्तिमा विश्वास राख्ने ली पूजासँगै ध्यान साधना पनि गर्ने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ