arrow

अर्काको घरमा आगो लगाएर भागेका प्रेम पाँच महिनापछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
prem-bk-baglung-baglungpolice.jpg

बागलुङ । जिल्ला प्रहरी कार्यालयले अर्काको घरमा आगो लगाएर फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी घर भइ हाल बाग्लुङ नगरपालिका वडा नं. ३ गहते बस्दै आएका ५९ वर्षका प्रेमबहादुर विक (प्रतेल) रहेका छन् ।

प्रहरीका अनुसार विकले गत असोज ११ गते बाग्लुङ नगरपालिका वडा नं. ७ का रमेशराज पाण्डेको घरमा आगो लगाइदिएका थिए । आगलागीका कारण पाण्डेको घरमा रहेका सबै सामग्री, नगद, गरगहना र परालको टौवासमेत जलेर नष्ट भएको थियो । सो आगलागीमा १९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसपछि विक फरार भएका थिए । उनको खोजी गर्ने क्रममा रुपन्देहीमा रहेको सूचना पाएपछि रुपन्देही प्रहरीको समन्वयमा पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

विकविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ