arrow

इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
laxmi-sen-sunar-sahari-thag.jpg

पोखरा । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताए । 

उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठ जनालाई प्रतिवादी बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ