arrow

कांग्रेसको स्थापना दिवस

कांग्रेसले गर्‍यो योगराज र नुतनलाई सम्मान, राजनीतिमा ठूलो योगदान : देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
deuba-congress-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे कांग्रेसले नेपालीहरूमा बुझाउन सक्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठुलो योगदान दिएको बताए । उनले द्वय नेताहरूले दिएको योगदानबारे सबै नेपालीहरूलाई बुझाउन जरुरी रहेको बताए ।

उनले भने, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान् व्यक्तिहरू जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरूले धेरै ठुलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरूका बारेमा हामी किताबहरू निकालेर भए पनि, लेखेर भए पनि हामीले सबैलाई बाँड्नुपर्छ । उहाँहरूले दिएको योगदानलाई सबै नेपालीहरूलाई यो कुरा बुझाउनुपर्छ । उहाँहरूको योगदानको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ । उहाँहरुहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’

पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा कांग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए ।

 नेपाल विद्यार्थी सङ्घ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाइ गरेका थिए । बिपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन गएका थिए । 

थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लागेका थिए । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ