arrow

सरकारकै कारण देश आर्थिक संकटमा : महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
shankar-pokhrel-myagdi-gandakipatra.jpg

म्याग्दी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नभएको बताएका छन् । सरकारकै कारण देश आर्थिक संकटमा परेकोसमेत उनले आरोप लगाए ।

नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशन शुक्रबार उद्घाटन गर्दै महासचिव पोखेलले वर्तमान सत्ता गठबन्धनले देशलाई आर्थिक सङ्कटमा पारेको आरोपसमेत लगाए ।

उनले प्रचण्ड नेतृत्वको सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको बताए ।

उनले नेकपा एमालेको नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामाना गर्दै स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा खरो उत्रिएको स्मरण गरे ।

उनले नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै जनता प्रष्ट भएको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल लगायतले बोलेका थिए ।

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बालकृष्ण सुबेदी र कार्यक्रम सञ्चालन सचिव सुरत केसीले गरेका थिए ।

अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधि सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ