arrow

मैले अहिलेसम्म आक्षेप र टकराबको राजनीति गरेको छैन: उपप्रधानमन्त्री खड्का [भिडियो]

मेरो कुनै मिडियामा एक पैसा लगानी छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
purnabahadur-kc-10-13.jpg

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकराबको राजनीति नगरेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे । 

उपप्रधानमन्त्री खड्काले नेताहरूको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभास भएको बताए ।

उनले भने, ‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गर्नुभयो । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उहाँले भन्नुभयो, राजनीतिक नेताहरूका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गर्नुभएको छ । चलिरहेको छ भन्ने कुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्ने कुरा बल्ल भयो । किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उनले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकराबको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो ।’

उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरूको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।



नयाँ