arrow

एसको राष्ट्रिय परिषद् बैठक आजबाट, नेतृत्वमा उमेरको हदबन्दी हटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद्को बैठक बस्दैछ । 

आजदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने उक्त परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् । 

बैठकस्थल सजाइएको छ भने प्रतिनिधिको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । 

नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

दोस्रो राष्ट्रिय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

 पार्टीको विधान हेरफेर गर्न आजदेखि काठमाडौँमा हुने परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव सङ्कलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ