arrow

गायिका मीरा राणालाई दीर्घसाधना सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
meera-rana.JPG

काठमाडौँ ।  विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड-२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ । 

शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउण्डेशनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिइन् ।

“सङ्गीतमा जीवन समर्पण गर्नुभएका र भविष्य देख्नुभएकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ”, अध्यक्ष रेग्मीले भनिन् । उनका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई रु ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई रु २५ हजारसहित सम्मान गरिनेछ । भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ । 

फाउण्डेशनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक-सङ्गीत सम्मान २०८०’  बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ । 

उनी दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ