arrow

घट्दो तापक्रम

बालबालिका र वृद्धवृद्धाका लागि अझै तीन साता कठिन

उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो, दिनानुदिन बन्दै रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
fog-malangawa.jpg
तस्बिर – मलंगवा ।

काठमाडौँ । पछिल्ला केही दिनदेखि निरन्तर काठमाडौँ उपत्यकाको चिसो बढ्दै गएको छ । यो क्रम अझै केही दिन रहन सक्ने देखिएको छ । 

बिहीबार र शुक्रबार ३ डिग्री रहेकामा शनिबार झरेर २.५ डिग्री सेल्सियसमा पुगेको तापक्रम आइतबार २.१ डिग्रीमा झरेको छ । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो क्रम अझै निरन्तर चलिरहन सक्नेछ । यद्यपि यसै भन्न नसकिने उनले बताइन् । 

सामान्यतया फागुनको पहिलो सातासम्म चिसो नै रहने छ । फागुन लागेपछि गर्मी बढ्दै जानेछ । 

अहिले घटेको तापक्रम यसअघिका वर्षहरुको भन्दा कम नभए पनि अहिलेका लागि चिसो बढेको मात्र हो । यस अर्थमा पनि अझै तीन साता बालबालिका र वृद्धवृद्धा, दमका रोगी लगायतले बच्नुपर्नेछ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका बेलामा वर्षा हुन नसक्दा चिसो झन् बढेको हो । घाम पनि हल्का लागेको छ । तराई क्षेत्रमा त घामसमेत देख्न पाइएको छैन । तराई भेगमा हुस्सु र कुहिरोका कारण हवाइ यात्रा कठिन भइरहेको छ । हिमाली केही क्षेत्रमा हिमपात भएको छ । 

मुलुकभरमै चिसो बढेको छ । तापक्रम भने घटबढ भइरहेको छ । जुम्लामा माइनस ४.९, दिपायलमा २.६, डडेलधुरामा ३.३, वीरेन्द्रनगरमा ३.३ डिग्री मापन गरिएको छ । 

सिमरामा २.५, विराटनगरमा ३, जनकपुरमा ५.२, पोखरामा ६, भैरहवामा ६.६ तथा धनगढीमा न्यूनतम तापक्रम ७.८ डिग्री रहेको छ । 

महाशाखाका अनुसार काठमाडौँमा सन् १९७९ जनवरी ११ तारिखमा माइनस ३.५ डिग्री सेल्सियस नै अहिलेसम्मको सबैभन्दा बढी चिसो हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ