arrow

गायिका रिमाल सवार स्कार्पियोलाई ट्रकले दियो ठक्कर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
rachana-rimal-singer-2080-f.jpg

काठमाडौँ । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छिन् । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति जाँदै गर्दा रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आइतबार उनी महोत्सवमा भने उपस्थित हुन सकिनन् । 

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छिन् । सोमबार महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ