arrow

इङ्गल्याण्डसँग भारतको अप्रत्याशित हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
england-test-AP-20240128.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले अप्रत्याशित हार बेहोरेको छ । हैदराबादमा भएकोे पहिलो टेष्टमा भारत चौथो दिनमै २८ रनले पराजित भयो । 

अप्रत्याशित यस अर्थमा कि पहिलो इनिङ्समा १९० रनको अग्रता लिएर पनि भारतले हार बेहोरेको हो । 

यो हारले वल्ड टेष्ट च्याम्पियनशिपको शीर्ष स्थानमा पुग्ने भारतको सपनामाथि इङल्याण्ड तगारो बनेको छ । 

बिहीबारदेखि शुरु भएको खेलको पहिलो दिनमै इङ्गल्याण्ड अलआउट भएको थियो । इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा २४६ रन बनायो । कप्तान बेन स्टोक्सले सर्वाधिक ७० रन बनाए । 

निकै लयमा बलिङ गरेको भारतले मात्र ३ रन अतिरिक्तका रुपमा दिएको थियो । भारतका लागि रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३–३ विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद सिराज भने विकेटविहीन भए । 

जवाफमा भारतले ४३६ रन बनायो । अन्तर्राष्ट्रिय क्रिकेटमा ५५० विकेट पूरा गरेका जडेजाले अलराउन्ड प्रदर्शन गर्दै सर्वाधिक ८७ रन बनाए । 

त्यस्तै केएल राहुलले ८६, यशस्वी जयसवालले ८० तथा अक्षर पटेलले ४४ रन बनाए । जो रुटले ४ विकेट लिए । 

१९० रनले पछि परेको इङ्गल्याण्डले ओलि पपको १९६ रनको मद्धतले ४२० रन बनायो । बुमराहले ४ तथा आश्विनले ३ विकेट लिए । 

२३१ रनको मध्यम चुनौती लिएर मैदानमा उत्रिएको भारतले घरेलु मैदानमा बिर्सनयोग्य ब्याटिङ गर्दै ६९.२ ओभरमात्र क्रिजमा टिकेर २०२ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन जोडे । भारतमाथि अप्रत्याशित जित हासिल गर्ने क्रममा टम हार्लीले ७ विकेट लिए । 

यो जितसँगै भारत भ्रमणमा रहेको इङ्गल्याण्डले पाँच खेलको टेष्ट श्रृंखलामा १–० को अग्रता लिएको छ । 

दोस्रो खेल आगामी शुक्रबारदेखि विशाखापट्नममा हुनेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ