arrow

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो आयोगले

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
ramchandra-rastriyashaba-election.jpg

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगले राष्ट्रिय सभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको हो ।

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्। 

राष्ट्रियसभा प्रदेशसभाका सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । 

सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, सचिव सूर्यप्रसाद गौतमलगायतको उपस्थिति थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ