arrow

फिल्म फेयर अवार्ड २०२४

रणवीर र आलिया उत्कृष्ट, '१२वीं फेल' सर्वोत्कृष्ट 

यी हुन् फिल्म फेयर अवार्ड जित्ने कलाकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
12bi-fail-ranaveer.jpg

काठमाडौँ । फिल्म फेयर अवार्ड २०२४ मा सर्वोत्कृष्ट चलचित्र '१२वीं फेल' भएको छ । गए राती गुजरातमा आयोजित फिल्म फेयर अवार्ड २०२४ मा '१२वीं फेल'ले सर्वोत्कृष्ट चलचित्र उपाधि पाएको हो । 

फिल्मका लागि विक्रान्त मेसी सर्वोत्कृष्ट अभिनेता (क्रिटिक्स) पाएका छन् । साथै विधु विनोद चोपडा उत्कृष्ट निर्देशक बनेका छन् । उनले उत्कृष्ट पटकथाको पनि उपाधि हात पारे । 

साथै ६९ ओँ फिल्म फेयर अवार्ड शोमा 'जोरम' सर्वोत्कृष्ट चलचित्र (क्रिटिक्स) मा परेको छ । 

रणवीर कपूर 'एनिमल' का लागि सर्वश्रेष्ठ अभिनेतामा परेका छन् । 

उत्कृष्ट अभिनेत्रीमा आलिया भट्ट भएकी छन् । 'रकी और रानी की प्रेम कहानी'का लागि उनलाई सर्वोत्कृष्ट अभिनेत्री छानिएको हो । 

'रकी और रानी की प्रेम कहानी'बाट शबाना आजमीले उत्कृष्ट सहायक अभिनेत्रीको उपाधि पाएकी छन् । फिल्मबाट इशिता मोइत्रा उत्कृष्ट संवाद बने । 

'मिसेस चटर्जी भर्सेस नर्वे' अभिनेत्री रानी मुखर्जी र शेफाली शाह 'थ्री अफ अस' बाट उत्कृष्ट अभिनेत्री क्रिटिक्स पाए । 

अभिनेता विक्की कौशल डंकीका लागि उत्कृष्ट सहायक अभिनेता बनेका छन् । 

फिल्म फेयर पुरस्कार विजेता सूची
सर्वोत्कृष्ट चलचित्र: १२वीं फेल
सर्वोत्कृष्ट चलचित्र (क्रिटिक्स): जोरम
मुख्य भूमिकामा सर्वश्रेष्ठ अभिनेता (पुरुष): रणवीर कपूर (पशु)
उत्कृष्ट अभिनेता (महिला): आलिया भट्ट ( रकी और रानी की प्रेम कहानी)
सर्वोत्कृष्ट अभिनेता (क्रिटिक्स): विक्रान्त मेसी (१२वीं फेल)
उत्कृष्ट अभिनेत्री (क्रिटिक्स): रानी मुखर्जी (मिसेस चटर्जी भर्सेस नर्वे) र शेफाली शाह (थ्री अफ अस)
उत्कृष्ट निर्देशक: विधु विनोद चोपडा ( १२वीं फेल)
उत्कृष्ट सहायक अभिनेता (पुरुष) : विक्की कौशल (डंकी)
उत्कृष्ट सहायक अभिनेता (महिला): शबाना आजमी ( रकी और रानी की प्रेम कहानी)
उत्कृष्ट संवाद: इशिता मोइत्रा (रकी और रानी की लभ स्टोरी)
उत्कृष्ट पटकथा: विधु विनोद चोपडा ( १२वीं फेल)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ