arrow

मिटरब्याजी साहुसित मिलेको भन्दै सिराहाका प्रजिअ र प्रहरी प्रमुख फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
tekunanda-limbu-rajendra-pa.jpg

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मिटरब्याजी साहुसित मिलेमतो रहेको भन्दै फिर्ता बोलाएको छ । 

मिटरब्याजीसँग आर्थिक लेनदेनमा मुछिएको भन्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा सोमबार फिर्ता बोलाएको हो ।

उनीहररूले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका निर्वाह नगरेकाले फिर्ता बोलाइएको गृह मन्त्रालय श्रोतले जनाएको छ । 

गत माघ ४ गते मिटरब्याज पीडित र साहुबीच सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विवाद भएको थियो । 

सो विवादको क्रममा केही नागरिक घाइते भएका थिए । त्यस क्रममा साहुले पीडितलाई न्याय दिन इन्कार गर्दै धम्की दिएको र झगडा हुँदा मिटरब्याज पीडितले साहुलाई कुटपिट गरेका थिए ।  

छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए । त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन ।  

पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको हो । 

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले त्यतिबेला कल्याणपुर नगपालिका–११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको थियो । 

साहुजनको कुटपिटबाट पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो । 

छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेका थिए । 

सो घटनामा प्रहरी र सीडीयोको भूमिका शंकास्पद रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्थानमा नयाँ सीडीओ र एसपी खटाइएको छैन ।

कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

एसपी लिम्बूलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआईजी टेकप्रसाद राईले रोक्दै आएका थिए । 

दुवैलाई तस्करीको लाइन खोलेको आरोप पनि लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ