arrow

प्रदेश सभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
shekhar-koirala-new-08-22.jpg
तस्बिर-फाइल

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।
    
समुदायमा कांग्रेस अभियानअन्तर्गत विराटनगर-७ मा आयोजिक कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । 

मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुन्छ भने ।
    
नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका  कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । 

उनले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने आश्वासन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ