arrow

सवारी ज्यानसम्बन्धी मुद्धामा केसी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
narndra kc.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी ज्यानसम्बन्धी मुद्धामा फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३३ तल्लोपुडीका वर्ष ३१ का नगेन्द्र केसी रहेका छन् ।

केसीलाई ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले माघ १६ गते उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२०७९ माघ २९ गते कास्की जिल्ला अदालतको फैसला अनुसार केसीविरुद्ध २ वर्ष ११ महिला ६ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरीवाना तोकिएको छ ।

पक्राउ परेका केसीलाई प्रहरीले अदालतमा पेस गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ