arrow

माछापुच्छ्रे बैङ्कद्वारा विद्यार्थीहरूलाई स्विटर वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
mbl-csr-koshi-madesh-province.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। बैङ्कले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोसी प्रदेशको उदयपुर जिल्ला स्थित श्री आधारभूत विद्यालय सिवाई बेल्हा त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोसाक अनुसारको रङ्गको स्विटरहरू वितरण गरेको हो।

यसै गरी बैङ्कले मधेस प्रदेशको सिराहा जिल्ला स्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि जाडोको न्यानो स्विटर हस्तान्तरण गरेको छ। बैङ्कले विद्यालयहरूसँगको समन्वयमा ती विद्यालयहरूमा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्विटर वितरण गरेको हो।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै  शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका  अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य आई रहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैङ्किङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ